शिक्षकहरू बिच भएको भलिबल प्रतियोगितामा सिद्धबेनी मावि प्रथम

तनहुँकाे व्यास नगरपालिका वडा नं १० कुमालटारी स्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक बिद्यालय द्वारा आयाेजित मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । ” हामी खेल्छाैँ र खेल्न सिकाउछाैँ “भन्ने मूल नाराका साथ चण्डिदेवी.मा व्यास नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको हाे।

१३ वटा टिमकाे सहभागीता रहेकाे उक्त प्रतियोगितामा प्रथम सिद्दबेनी मा.वि., द्वितीय केशवटार मा.वि.र तृतीय शिवपाञ्यान मा.वि तथा जलदेवी मा.वि. भएका छन् । यस्तै खेलमा उत्कृष्ट खेलाडीको उपाधि केशवटार मा.वि.का बिनोद अर्यालले प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम , द्धितीय र तृतीय हुने टिमले क्रमशः १५ हजार , १० हजार र ५ हजार नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

भलिबल प्रतियोगिताको रेफ्रीको भूमिकामा विश्वेश्वर खनाल र नारायण प्रसाद ढकाल रहेका थिए । खेलमा महिला शिक्षक खेलाडीहरु पनि पुरुष शिक्षक सरह नै प्रतिस्पर्धामा उत्रिएको हुनाले खेल निकै रोचक बनेको थियो ।
त्यसअघि उक्त कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै नगरपालिकाले गर्नुपर्ने कार्यक्रम यस विद्यालयले आयोजना गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा यसलाई अझ फराकिलो बनाउदै सामुदायिक,संस्थागत तथा जिल्ला स्तरीय बनाउने कुरामा आँफू लागिपर्ने बाए । उक्त कार्यक्रममा आयोजक विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोख्रेल आरसी ले स्वागत गर्दै अघिल्लो वर्ष वडा स्तरीय आयोजना गरेको र अहिले व्यास नगरपालिका स्तरीय गर्दा शिक्षक साथीहरूको उत्साहजनक उपस्थिति देख्दा आफुलाई निकै हौसला मिलेको बताए । साथै पाेख्रेलले कार्यक्रमका लागि आर्थिक तथा विविध रुपमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । त्यसैगरी वडा नम्बर १० का वडा अध्यक्ष खेमराज पोख्रेलले आफ्नो वडामा रहेको विद्यालयले विगतका वर्षहरु जस्तै यस वर्ष पनि यति ठुलो कार्यक्रम आयोजना गरि वडाको नै गरिमा बढाउन सफल भएकोमा विद्यालय परिवारलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा व्यास नगरपालिका कार्यपालिका सदस्य चन्द्रामाया परियार , नेपाली काङ्ग्रेस जिल्ला सदस्य तथा महिला विभाग प्रमुख कल्पना पोख्रेल , शिक्षा अधिकृत नवीन पराजुली, वडा नम्बर १० का वडा सदस्यहरु ईश्वर पौडेल , यज्ञ प्रसाद शर्मा, बासना कुँबर, खिरमाया बि.क., निवर्तमान अध्यक्ष बाबुराम पौडेल , आदिकवि भानुभक्त मा.वि.का अध्यक्ष ऋषिराम ढुंगाना , प्राविधिक सहायक किशोर बास्तोला लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन सत्रमा व्यास नगर शिक्षा शाखाका प्रमुख केदार आचार्य , नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराई , नगर शिक्षा समितिका सदस्य यम बहादुर आले लगायतले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
उक्त कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पाठकले , कार्यक्रमको संयोजन विष्णु प्रसाद श्रेष्ठले , विद्यालयका शिक्षक प्रतिनिधि शान्ता बास्तोलाले संचालन र आधारभूत तहका इन्चार्ज यमप्रसाद सापकोटाले सहजीकरण गरेका थिए ।
























