पाैष २६ गतेदेखि हुने प्रथम जलदेवी कप फुटबल प्रतियोगिताकाे तयारी तिव्र
व्यास नगरपालिका वडा नं ५ स्थित पतेनी ठुलोटारमा हुने प्रथम जलदेवी कप फुटबल प्रतियोगिता २०८१ काे तयारी तिव्र पारिएको छ । जलदेवी युवा क्लव म्याग्दे १ बाख्रेकाे आयाेजनामा पाैष २६ गतेदेखि माघ १ गतेसम्म हुने जलदेवी कप सेभेन ए साइट फुटबल प्रतियोगिताकाे तयारी तिव्र पारिएको हाे ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५५ हजार ५ सय ५५ रूपयाँ नगदका साथै ट्रफी , मेडल र प्रमाणपत्र तथा द्धितीय हुने टिमले ३३ हजार ३ सय ३३ रूपयाँ नगदका साथै ट्रफी , मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष मदन गुरूङले बताए । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष गुरूङले जानकारी दिए ।
प्रतियोगिताका लागि टिम दर्ता यही २६ गतेसम्म गरिसक्नुपर्ने र टिम दर्ता शुल्क ५ हजार ५ सय रहेको क्लवले जनाएको छ । प्रतियोगिताकाे तयारीकाे लागि अतिथि हरूलाइ निमन्त्रणा पठाउने तथा खेलमैदान सरसफाइ गर्ने काम सकिएको क्लवले जनाएको छ । यस्तै प्रतियोगिताकाे लागि सहयोगीहरूबाट सहयोग उठ्ने क्रमपनी जारी रहेको बताइएको छ ।

























