जिल्लाका मन्त्री नल्याई हेलिकप्टर चढाएर बाहिरका मन्त्री महाेत्सव उद्घाटन गर्न ल्याएपछि सनसनी !

तनहुँ महाेत्सव पाैष २५ गते बिहिवार एक भब्य कार्यक्रमका बिच उद्घाटन भएको छ । महाेत्सवकाे उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन् । दमाैलिमा सुरु महाेत्सवकाे उद्घाटन गर्न हेलिकप्टर चढेर मन्त्री सिंह दमाैली आएपछी त्यसको खर्चका बारेमा साथै बाहिरी जिल्लाकाे प्रमुख अतिथि कसरी ? भन्ने बारेमा प्रश्न उठेको छ । त्यतिमात्रै हाेइन तनहुँकै मन्त्री प्रदिप पाैडेल हुँदाहुँदै अन्यत्र बाट किन र के कारणले प्रमुख अतिथि ल्याउनपर्याे भन्ने समेत बिषयले सनसनी मच्चिएको छ ।

हुनत महाेत्सवमा प्रमुख अतिथि कसलाई ल्याउने भन्ने बारेमा व्यापक छलफल र चर्चा भएको थियो । जसअनुसार राष्ट्रपति रामचन्द्र पाैडेल देखि मुख्यमन्त्री सुरेन्द्र पाण्डे , कृषि मन्त्री , पुर्व मन्त्री शंकर भण्डारी यी आदि व्यक्तिहरूकाे बारेमा छलफल चलेको थियो । जसमा राष्ट्रपती आउन नभ्याउने खबर आयाेजकले पाए पश्चात् अन्य अतिथिहरूकाे बारेमा कुरा चलेको थियो ।
छलफलकै क्रममा स्वास्थ्य मन्त्री प्रदिप पाैडेल ल्याउने आवाज केही दरिलो तरिकाले उठेको भए पनि जिल्ला भित्रबाटै शंकर भण्डारी खेमाले अस्विकार गर्ने डरले आयाेजक उक्त निर्णय गर्न तयार नभएको बताइएको छ ।
यस्ताे अवस्थामा बिकल्पकाे रूपमा छलफल हुँदै जाँदा उद्योग बाणिज्य संघकै एक अग्रजले प्रकाशमान सिंहमा सहमति गराएका थिए । उनलाई ल्याउनका लागि खर्च व्यवस्थापनमा समेत प्रश्न उठेपछि आयाेजकले एक लाख र बाँकी नपुग तिनै अग्रज बाट भुक्तानी गराउने गरि सहमति भएको एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार जिल्ला भित्रका नेताहरू एकले अर्कोलाई अस्विकार गर्ने अवस्था बन्दा बाहिरी जिल्लाका नेताले अवसर पाएकाे बताए ।

























