दमाैलीमा माघ ११ गते लायन्स गजल साँझ हुने
लायन्स क्लब अफ भानुभक्त तनहुँले माघ ११ गतेका दिन तनहुँको दमौलीमा लायन्स गजल साँझ २०८१ कार्यक्रम आयोजना गरेको छ । उक्त गजल साँझमा तनहुँ नै घर भएका प्रसिद्ध गायक राज सिग्देलका साथमा चर्चित गजलकार प्रदिप रोदनको प्रस्तुती रहने सुक्रवार दमाैलीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । साहित्य र गजल प्रेमीहरुलाई मध्यनजर गर्दै कार्यक्रम आयाेजना गरिएको ऐजुकेटेड चिफ सुरेन्द्र पौडेलले बताए ।

समुदायमा रहेका विपन्न बालबालिकाहरुको सहज पठनपठनमा सहयोग गर्ने तथा बालबालिकाहको पोषण अभिवृद गर्नुका साथै लायन्स क्लव अफ तनहुँ भानुभक्तको नाउँमा अक्षय कोष खडा गरि दिगो सेवाको काम गर्ने उद्देश्यले गजल साँझ आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा पाैडेलले जानकारी दिए ।

क्लवका अध्यक्ष हर्षमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष प्रदिप काफ्ले, वर्तमान अध्यक्ष डिपि अधिकारी लगायतले आ आफ्नो धारणा राखेका थिए । कार्यकमको सहजिकरण संस्थाका सचिव महेन्द्र गिरीले गरेका थिए ।
























