लायन्स क्लब अफ तनहुँ दमौलीद्वारा कालिका मन्दिरमा राष्ट्रिय झंडाेत्तोलन !

लायन्स क्लब अफ तनहुँ दमौलीद्वारा कालिका मन्दिरमा राष्ट्रिय झंडाेत्तोलन !

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा लायन्स क्लब अफ तनहुँ दमौलीले व्यास नगरपालिका–४ स्थित कालिका मन्दिर प्रवेशद्वार अगाडि राष्ट्रिय झंडाेत्तोलन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि ब्यास–४ का वडाध्यक्ष मनबहादुर गुरुङले बोल्दै राष्ट्रिय एकता दिवसको महत्त्व र पृथ्वीनारायण शाहको योगदानप्रति सम्मान व्यक्त गर्न सबैले जिम्मेवार भूमिका निभाउनुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तनहुँ कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भगवती न्यौपानेले झण्डा राख्ने कार्यले राष्ट्रिय पहिचान झल्काउने र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताइन् ।

तनहुँ कालिका मन्दिर व्यवस्थापन समितिका संस्थापक अध्यक्ष ईश्वर बिष्टले लायन्स क्लब अफ तनहुँ दमौलीले सधैंजसो सामाजिक कार्यमा सक्रिय भूमिका खेलेको र यस्ता गतिविधिले समाजलाई एकताबद्ध गर्न प्रेरित गर्ने बताए ।

क्लबका संस्थापक अध्यक्ष राकु श्रेष्ठले राष्ट्रिय झण्डा राख्ने यो कदमले लायन्स क्लबको समाजप्रतिको योगदानलाई अझ बलियो बनाएको भनाइ राखेका थिए ।
कार्यक्रमका सभापति तथा क्लब अध्यक्ष लायन रनिल रोका र कार्यक्रम संयोजक सन्तोष दाहालको पहलमा झण्डा राखिएको हो।
कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको समापन समारोहमा उपस्थित सबैले राष्ट्रप्रतिको कर्तव्य र जिम्मेवारीलाई आत्मसात् गर्न प्रतिबद्धता जनाएका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page