भानु नगरपालिकाको १५ औं नगर सभा सम्पन्न

भानु नगरपालिकाको १५ औं नगर सभा सम्पन्न

तनहुँकाे भानुनगरपालिकाको १५ औं नगर सभा सम्पन्न भएको छ ।
नगर सभामा बाेल्दै नगर प्रमुख एवम् कार्यक्रमका अध्यक्ष आनन्द राज त्रिपाठीले नगरको साधन ,स्रोत र सिमित परिधिबाट नागरिकका इच्छा,आकांक्षाहरू लाई समेट्दै दिगो,प्रभावकारी र मितव्ययी योजना कार्यान्वयन मार्फ़त सार्थक समृद्विको प्रत्याभूति दिने प्रतिवद्वता व्यक्त गरे । त्रिपाठीले आर्थिक,सामाजिक विकास ,न्यायिक सुनिश्चितता,समानुपातिक समावेशी र सहभागितामूलक सिद्वान्तका आधारमा समतामूलक समाज निर्माण गर्न भानु नगरपालिका क्रियाशील रहेको बताए ।

कालिमाटी कुन्छा मोटर मार्ग ,रातामाटा राईपाली भन्ज्यांग मोटर मार्ग,कालीमाटी र पुरानडीही नगर अस्पताल निर्माणाधीन अवस्थामा रहेको र भानु १ र ५ जोड़ने ढाडखोला निबूँवाश्वारा झोलूँगे पूल सम्पन्नता भई सकेको,महिला सत्केरी रहँदा स्वयंसेवक सट्टा शिक्षक व्यवस्था गरिएको,कक्षा ६ सम्म दिवा खाजामा रकम थप गरिएको,कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम हाम्रो भानु पुस्तक सामुदायिक र संस्थागत विद्यालयमा प्रदान गरिएको,नगरपालिकामा डेंगू रोगको पहिचान,उचित उपचार र व्यवथापन गरी नगरमा डेंगु नियन्त्रण गरिएको,नगरको ५ वटा स्वास्थ्य संस्थाबाट नि शुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण कार्य नियमित गरिएको,कृषि तथा पशुपंछी सम्बन्धी डिजिटलाईजेसन एप्स कार्यक्रम संचालनमा ल्याई कृषि क्षेत्रमा कृषकको पहूँच सहज बनाईएको उक्त अवसरमा जानकारी गराइएको थियो ।

यस्तै जापानका JTEC संग निरन्तर संवाद र नगरका विभिन्न क्षेत्रमा स्थलगत निरीक्षण गरी भानुलाई कृषि आधुनिकीकरणको प्रक्रियामा रहेको,भूस्याहा र पाल्तू कुकुर र विरालोको नि शुल्क बन्द्याकरण गरिएको र भानु नगरपालिकामा नगरवासीलाई सहजताको लागि जिल्ला प्रशासन कार्यालयबाट वितरण गरीने राष्ट्रीय परिचय पत्र नगरपालिकाबाट वितरण गरिएको तथा नगरवासीको थप सहजताको लागि वडाद्वारा नै वितरणको लागि जिल्ला प्रशासन कार्यालय संग छलफल गरिने नगर प्रमुख त्रिपाठीले बताए । यस्तै उनलेे नगर सभामा अर्धवार्षिक प्रगति सहित वक्तव्य प्रस्तुत गरेका थिए ।

नगर सभामा नगर उप प्रमुख उमा गोतामेले आ.व.०८२/०८२ को आय व्यय विवरण तथा भानु नगरपालिकले गत आ.व.मा ५४% यस वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन(LISA)मा १००% पूर्णांकमा ८४% प्रतिशत सहितको दावी जिल्ला समन्वय समितिको कार्यालयमा पठाईएको बताएकी थिइन् । कार्यक्रममा भानु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गाैतम भण्डारीले सहजीकरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page