तनहुँ महाेत्सवमा अर्गानिक काेदाेकाे म:म , सेलरोटी र पराैठामा ग्राहकको आकर्षण !

तनहुँ महाेत्सवमा अर्गानिक काेदाेकाे म:म , सेलरोटी र पराैठामा ग्राहकको आकर्षण बढेको छ ।
अनुग्रह कृषि तथा पशु फर्म भानु नगरपालिका २ ले महाेत्सवकाे स्टल नं १६ मा राखेको काेदाेकाे सेलरोटी , काेदाेकाे म:म र काेदाेकाे पराैठामा दिनदिनै ग्राहकको आकर्षण बढ्दै गएको हाे ।

महाेत्सव हेर्न गएकी व्यास ३ की सुनिता थापाले काेदाेकाे मःम तथा सेल निकै स्वादिलो रहेको बताइन् । साना छाेराछाेरीले अहिलेसम्म नखाएकाे काेदाेकाे म:म पहिलोपटक खुवाएकाे भन्दै उनले छाेराछाेरिले पनि मन पराएकाे बताइन् । यस्तै दमाैलीकै पञ्च गुरूङले पनि तातो काेदाेकाे सेल अत्यन्तै मिठो भएको र स्वास्थ्यलाई पनि फाइदाजनक भएको बताए ।

भानु घर भएकी स्टल सञ्चालिका राेमी तामाङले पहिलो दिनहरूमा भन्दा अहिले ग्राहक बढ्दै गएको बताइन् । अर्गानिक काेदाे , अर्गानिक कफी लगायतका चिजहरू बिक्री गरेको उनलेे जानकारी दिईन् ।
























