दमाैलीमा राष्ट्रिय याेग दिवसमा प्रभातफेरी
दमाैलीमा राष्ट्रिय याेग दिवस मनाइएको छ । व्यास नगरपालिकाकाे आयाेजनामा अनशन चाैतारीबाट सुरु भएको प्रभातफेरी व्यास नगरपालिकामा पुगी कार्यक्रममा परिणत भएको छ ।

स्वस्थ समाज , समृद्ध नेपाल र विश्व शान्तिका लागि याेग भन्ने नाराका साथ यसपटकको याेग दिवस मनाइएकाे छ । व्यास नगरपालिकामा आयाेजीत कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , नगरप्रमुख बैकुण्ठ न्याैपाने लगायतको उपस्थिति रहेको छ । प्रभातफेरीमा पतञ्जली याेग समिति तनहुँ लगायतको सहभागीता रहेको थियो ।

























