सान एजुकेसन कन्सल्टेन्सीले गर्याे बास्केटबल प्रशिक्षक श्रेष्ठलाई सम्मान
सान एजुकेशन कन्सल्टेन्शीले तनहुँका बास्केटबल प्रशिक्षक कृष्णकुमार श्रेष्ठ जेके लाई सम्मान गरेको छ । श्रेष्ठ लाई व्यास ४ दमौलीमा रहेको सान एजुकेसनका सञ्चालक NJ Ali (नजरात अलि ) ले कार्यालयमै एक कार्यक्रम आयोजना गरि सम्मान गरेका हुन् । खादा तथा सम्मान पत्र दिएर सम्मान गर्दै अलिले बास्केटबल खेलमा अझ राम्रो खेलाडी उत्पादन गर्न शुभकामना दिएका थिए ।

आफ्नाे घरकाे , व्यापार व्यवसायकाे कामलाई थाती राखी खेल क्षेत्रलाई माथि उकास्न निसुल्क रूपमा बास्केटबलकाे प्रशिक्षककाे रूपमा श्रेष्ठले काम गर्दै आउनुभएकाेमा उहाँलाई सम्मान गरेको अलिले बताए । यस अघि पनि बास्केटबलको क्षेत्रमा ठुलो याेगदान दिएको भन्दै श्रेष्ठलाई विभिन्न संघ संस्थाले सम्मान गरेका थिए ।

























