काङ्ग्रेस मन्त्रीहरूलाइ सभापति देउवाले बाेलाएपछी सरकार फेरबदलकाे चर्चा

काङ्ग्रेस मन्त्रीहरूलाइ सभापति देउवाले बाेलाएपछी सरकार फेरबदलकाे चर्चा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई छलफलका लागि आज बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नो निवासमा बाेलाएका छन् ।
मन्त्री भएपछि आफूले गरेको कामको प्रगति विवरण र सामना गर्नुपरेका समस्याहरू ब्रिफिङ गर्न सामुहिक रूपमा मन्त्रीहरूलाइ बोलाइएकाे भनिएपनी राजनीतिक वृत्तमा धेरै अड्कलबाजि हरू गरिएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसतर्फबाट आठ मन्त्री छन् । मन्त्रीहरूको कामका विषयमा जनगुनासो बढेपछि देउवाले छलफलका निम्ति बोलाएकाे काङ्ग्रेसले बताएको छ । यद्यपि यही बिषयले अहिले सरकार फेरबदलकाे समेत चर्चा सुरु भएको छ । सभापति देउवाले सबै मन्त्रीलाई बाेलाउनु र विपक्षीहरू एकजुट हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यता विपक्षी दलका नेताहरूको बैठकमा सहभागी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ओली सरकार “देश चलाउन असफल” रहेको टिप्पणी गरेका छन्। उनले संसद्को निष्क्रियता र अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिलाई “लोकतान्त्रिक मूल्यविपरीत” भन्दै आलोचना गरे।
यस्तै, काङ्ग्रेस , माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूले सरकारविरुद्ध साझा धारणा बनाउन छलफल तीव्र पारेका सम्बन्धि चर्चा छ । यसले ओली नेतृत्वको सरकार ढल्ने र शेरबहादुर देउवा नेतृत्वमा नयाँ गठबन्धन सरकार बन्ने सम्भावना रहेको आँकलन गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page