अन्तर मावि बास्केटबल प्रतियोगितामा सत्यवती मावि प्रथम


तनहुँको सदरमुकाम दमौलीमा बुधबारदेखि भएको अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताकाे उपाधि सत्यवती मावि दमाैलीले जितेको छ । सत्यवतीले छात्र तथा छात्रा दुबै तर्फकाे उपाधि जित्दै ट्रफी , मेडल र प्रमाणपत्र हात पारेको छ ।
यस्तै प्रतियोगितामा छात्र तथा छात्रा दुबै तर्फ निर्मल मावि भादगाउँ दाेस्राे भएको छ । दाेस्राे भएको निर्मलले पनि ट्रफी , मेडल र प्रमाणपत्र हात पारेको छ ।
बास्केटबल खेलमा युवायुवतीको आकर्षण बढाउने उद्धेश्यले हैरान्स क्लव दमौलीले व्यास नगरपालिका- ३ मा उक्त प्रतियोगिता आयोजना गरेको थियो । दमौलीमा केही वर्षयता बास्केटबल खेलमा आकर्षण बढेकाले दक्ष खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग पुग्ने विश्वास गरिएको क्लवका सचिव उज्वल भट्टराईले जानकारी दिए । प्रतियोगितामा ९ वटा स्कुलका १३ वटा टिमकाे सहभागीता रहेको बास्केटबल प्रशिक्षक कृष्ण कुमार श्रेष्ठले बताए ।

प्रतियोगितामा बिजयी खेलाडीहरूलाइ व्यास नगरपालिका वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठ , वडा नं ३ का अध्यक्ष अनुप राना , वडा नं ६ का अध्यक्ष जीवन गुरूङ , वडा नं २ का सदस्य सुरेश वाग्ले लगायतले पुरस्कार वितरण गरेका थिए । क्लवका अध्यक्ष विनोद थापाको अध्यक्षता तथा सचिव उज्ज्वल भट्टराईकाे सञ्चालनमा उक्त कार्यक्रम भएको थियो ।

























