तनहुँमा माघ २२ गतेबाट एचपीभी खाेप अभियान सुरु हुने

तनहुँमा माघ २२ गतेबाट एचपीभी खाेप अभियान सुरु हुने

तनहुँमा यही माघ २२ गतेबाट एचपीभी खाेप अभियान सुरु हुने प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताएका छन् । जिल्लास्तरीय खाेप समन्वय समितिका पदाधिकारी र पत्रकार एवम् सञ्चारकर्मीहरूकाे लागि आयाेजित अभिमुखिकरण कार्यक्रममा कार्यालय प्रमुख अधिकारीले उक्त जानकारी दिएका हुन् । उनका अनुसार अभियानमा तनहुँका करिब १४ हजार २ सय ७८ जनालाई खोप लगाउने तयारी छ । दुई चरण गरेर २ सय ५९ खोप केन्द्र रहेका छन् । २२ देखि २५ सम्म र २७ देखि ३० सम्म दोश्रो चरणमा खोप कार्यक्रम हुने बताइएको छ । पहिलो चरणमा भानु,व्यास,देवघाट,बन्दिपुर आँबुखैरेनीमा पहिलो चरणमा र बाँकी पालिकामा दोश्रो चरणमा हुने बताइएको छ  । जिल्लाका खोप अभियानका लागि आवश्यक तयारी पूरा गर्न सक्रियता देखाइएको अधिकारीले जानकारी दिएका छन् ।
कार्यक्रमको शुभारम्भमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपाने र तनहुँ प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले खोप अभियानको महत्वबारे धारणा राखेका थिए ।
कार्यक्रममा एचपीभी खोपको परिचय, यसको महत्व, र पाठेघरको मुखको क्यान्सर निवारणमा यसले पु¥याउने योगदानबारे जानकारी दिइएको थियो ।  पाठेघरको मुखको क्यान्सरको निवारण गर्न विश्वव्यापी रणनीतिलाई अंगाल्दै राष्ट्रिय खोप सल्लाहकार समितिले एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गर्न सिफारिस गरेको थियो। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ ।यो खोपले क्यान्सर रोकथाममा महत्तवपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

अभियानले तनहुँका किशोरी तथा युवतीहरूलाई लाभान्वित गर्ने अपेक्षा गरिएको छ । साधारणतया एच.पि.भि खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने वा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने,रिगंटा लाग्ने, ज्वरो आउने, एलर्जी रियाक्शन हुने भएपनि यी असरहरु सामान्य मात्रै भएको बताइएको छ । यो खोप १० देखि १४ वर्ष सम्मका सबै किशोरीलाई खोप लगाउने बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page