शेखर निकट नेविसंघ समानान्तर समिति तनहुँले विस्तार गर्याे कार्यसमिति

शेखर निकट नेविसंघ समानान्तर समिति तनहुँले विस्तार गर्याे कार्यसमिति

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा नेता शेखर कोइरालानिकट विद्यार्थीहरूले तनहुँमा समानान्तर समिति गठन गरेको केही समयमा पुन समिति विस्तार गरेका छन् ।

कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगर, नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमाल, केन्द्रीय सदस्यहरू भुवन भट्ट, विनोद शाही ठकुरी लगायतकाे उपस्थितिमा तनहुँमा विद्यार्थी भेला गरी जिल्लाकाे अध्यक्षमा सोनकुमार आलेलाई बनाएको केही समयपछि उनलेे सदस्यता विस्तार गरेका हुन् ।

जिल्ला अध्यक्ष आलेले नेपाल बिधार्थी संघकाे बिधान २०२७ (सातौं संशोधन २०७५ ) मा रहेको प्रावधान अनुसार जिल्ला कार्य समिति विस्तार गर्न आवश्यक देखिएकाले कार्य समिति विस्तार गरेको जनाएका छन्। नेपाल विद्यार्थी संघको जिल्ला कार्य समिति विस्तार गर्न आवश्यक देखिएकाले आजकै मिति देखि लागु हुने गरी तपसिल अनुसार तनहुँ जिल्ला समिति विस्तार गरिएको यसै विज्ञप्तिद्वारा जानकारी गराउँदछु।’- उनले भनेका छन्।केही दिन पहिले आशिष कैनीको नेतृत्वमा ५१ सदस्य समिति विस्तार गरिएको थियो भने यस समितिमा एक सय सदस्य रहेका छन्। नामावली

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page