व्यासको सामुदायिक बिद्यालयका मगर शिक्षकलाई मगर भाषा अक्खलिपि प्रशिक्षक प्रशिक्षण तालिम
तनहुँकाे व्यास नगरपालिकाका सामुदायिक विद्यालयका मगर शिक्षकहरुलाई ५ दिने मगर भाषा अक्खालिपि प्रशिक्षक प्रशिक्षण तालिमको सनिवार व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका छन् । उक्त प्रशिक्षण कार्यक्रममा व्यासनगरपालिका भित्रका २२ वटा सामुदायिक विद्यालयका मगर शिक्षकहरुको सहभागिता रहेको थियो ।

यससँगै मगरहरुको बाहुल्यता रहेका व्यासनगरपालिका भित्रका बिद्यालयहरुमा औपचारिक रुपमा पठनपाठन हुने भएको छ। कार्यक्रमकाे उद्घाटन गर्दै व्यास नगर प्रमुख न्याैपानेले ब्यास नगरपालिकाले प्रत्येक बर्ष कक्षा थप्दै जाने समेत जानकारी दिए । प्रत्येक नेपालीले प्राथमिक तहसम्म मातृभाषामा अध्ययन गर्न पाउनुपर्ने राज्यले गरेको ब्यवस्थालाई व्यासनगरपालिकाले कार्यान्वयन गरेको न्याैपानेले बताए।

























