रास्ट्रीय स्वतन्त्र पार्टी शुक्लागण्डकीकाे सभापतिमा खड्का
राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकी नगरपालिकाकाे सभापतिमा हरि बहादुर खड्का सर्वसम्मत चयन भएका छन् । पार्टीको सनिवार सम्पन्न भेलाबाट खड्काकाे नेतृत्वमा११ सदस्यीय नगरसमिती गठन गरिएको साे पार्टीले जनाएको छ ।

रास्वपा उपसभापति एवम् सांसद डाक्टर स्वर्णिम वाग्लेकाे प्रमुख आतिथ्यता तथा अन्य नेताहरूकाे उपस्थितिमा उक्त कार्यक्रम भएको थियो ।

























