पर्यटन प्रवर्द्धनका लागि भुपु सैनिककाे टाेलि म्याग्देको छाङमा



पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले भुतपुर्व सैनिक क्लव तनहुँकाे टाेलि म्याग्देकाे छाङ लगायतका स्थानमा पुगेको छ । टाेलिले म्याग्दे भित्र रहेका , इतिहास बाेकेका , तथा धार्मिक र पर्यटकीय क्षेत्रकाे महत्त्व बाेकेका स्थानहरूकाे अवलोकन भ्रमण गरेको छ ।

नेपाल भुपु सैनिक क्लव तनहुँका अध्यक्ष क्याप्टेन तारालाल मल्लकाे अध्यक्षतामा पुगेको अवलोकन भ्रमण टाेलिले किल्चाेककाे अकला , पाँडेथाेक , काेलडाँडा , छाङ हटिया , कालभैरब मन्दिर , मुलाबारि , थानिथान लगायतका स्थानको भ्रमण गरेको थियो । भ्रमण टाेलिका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रथम मेयर ताराप्रसाद श्रेष्ठले छाङ लगायतका स्थान एतिहासिक महत्त्व बाेकेकाे , संस्कृतिले भरिएको ठाउँ भएको बताए । दृश्यावलाेकनकाे हिसाबले देखि धार्मिक पर्यटनकाे हिसाबले पनि म्याग्दे गाउँपालिका भित्रका यी ठाउँ महत्त्वपूर्ण भएको श्रेष्ठकाे भनाइ थियो । उक्त अवलोकन भ्रमणमा क्लवका मानार्थ सदस्य लालबहादुर थापा , म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठ , निवर्तमान अध्यक्ष प्रेमबहादुर थापा , क्लवका पुर्व अध्यक्ष ल्याप्टेन देवबहादुर गुरूङ , क्या. सुर्जकुमार मल्ल , क्लवका उपाध्यक्ष क्याप्टेन सहबिर उचाइ ठकुरी ,सुवेदार मदराज मल्ल , नासु प्रेमबहादुर पुन , क्याप्टेन साेमबहादुर थापा लगायतका ४० जनाको उपस्थिति रहेको थियो । सहभागीहरूले
यहाँको इतिहास, अनेकौं किंवदन्ती र जनश्रूति बारेमा समेत जानकारी लिएको क्लवका अध्यक्ष क्याप्टेन तारालाल मल्लले जानकारी दिए । भु पु हरूले
पवित्र तीर्थ भूमि, पावन धार्मिक, साँस्कृतिक , पौराणिक स्थल , आन्तरिक पर्यटनको केन्द्र बन्न सक्ने अत्यन्त ठूलो संभावना बोकेको ठाउँ म्याग्दे रहेको पाएको भन्दै म्याग्दे पर्यटन बिकासको केन्द्रबिन्दु बन्नुपर्ने ठाउँ रहेको पाएकाे बताएको अध्यक्ष मल्लले बताए ।

सांस्कृतिक रुपमा अत्यन्त महत्त्वपूर्ण , प्राकृतिक दृश्यावलोकनका हिसाबले निकै मनमोहक र आनन्ददायी एक पटक गए पछि फेरि पनि जाउँ जाउँ लाग्ने .कालभैरब , मुलाबारी लगायतको स्थान रहेको महशुस सहभागीहरूले गरेका थिए ।
छाङका प्रसिद्ध स्थल , बिशेषतालाई पुन निर्माण र संरक्षण गरी स्मृति ताजा गराउने , नयाँ पुस्तालाई छाङ्गको ऐतिहासिक, भौगोलिक बिशेषताको जानकारी दिलाउने , नयाँ सन्दर्भमा पर्यटन बिकासको संभावना पहिल्याउने , अहिले यत्रतत्र रहे भएका छाङ्गेलीहरुलाइ पुरानो थलोको बिकासका लागि घच्घच्याउने, आकर्षित गर्ने लगायतका उद्धेश्यले छाङ घर भएका अध्यक्ष मल्लले उक्त ठाउँमा लगेका थिए ।





































