लमजुङमा भएको सडक दुर्घटनामा तनहुँका गुरूङकाे मृत्यु
लमजुङको दोर्दी गाउँपालिका ५, पाचोक क्षेत्रस्थित कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका अन्दाजी २७ वर्षिय किरण गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैंची गाउँको कैंची डाँडाबाट काठदाउरा लिनको लागि चाँदी डाँडा जाँदै गरेको ग१त ५२७६ नम्बरको ट्याक्टर मंगलबार बिहान दुर्घटना भएको अनुमान गरिएको छ ।

























