राष्ट्रपति पौडेल आज गृह जिल्ला तनहुँ आउँदै

राष्ट्रपति पौडेल आज गृह जिल्ला तनहुँ आउँदै

राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ आउने भएका छन् । माघ १६ गते शहीद दिवसको उपलक्ष्यमा गृह जिल्ला तनहुँमा गरिने कार्यक्रममा सहभागी हुन आउनु हुने भएको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए । राष्ट्रपति आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।


राष्ट्रपति पौडेलले व्यास नगरपालिका–८ पुलिम¥याङ स्थित शहीदहरुको प्रतिमाहरुमा माल्यार्पण गर्नु हुने र स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम रहेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । पुलि¥याङ राष्ट्रपतिको जन्म गाउँ व्यास नगरपालिका–८ रिस्ती नजिकै रहेको छ ।
राष्ट्रपति जन्मगाउँमा आउने खबरले स्थानीय बासिन्दामा खुसी छाएको राष्ट्रपतिको जन्मघर नजिकै घर भएका रामप्रसाद मिश्रले बताए । मिश्रले भने राष्ट्रपति आफ्नो जन्मगाउँ, हुर्की खेलेको ठाउँमा आउनु हुने खबरले रिस्तीवासीमा उत्साह छाएको छ ।’ तनहुँमा शहीदको सालिकमा माल्यार्पण पछि राष्ट्रपति पौडेल लमजुङको मध्यनेपाल नगरपालिका–३ सोतीपसल स्थित मङ्गला माध्यामिक विद्यालयको हिरक जयन्तीको कार्यक्रमलाई सम्बोधन गर्नजाने कार्यक्रम रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page