राष्ट्रिय आधारभुत बिद्यालय कवाजित भानुको वार्षिकोत्सव सम्पन्न
तनहुँकाे भानु नगरपालिका वडा नं १२ कवाजित स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको ८६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । विव्यस अध्यक्ष परशुराम अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा भानु नगरपालिकाका उपसचिव/ नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे

कार्यक्रममा भानु नगरपालिका वडा नं १२ का वडाध्यक्ष बेलबहादुर अधिकारी , नगर शिक्षा समितिका सदस्य राजिब राउत , विद्यानिकुञ्ज मावि वयापानीका प्रधानाध्यापक गणेश सापकोटा लगायतले विद्यालयको समुन्नतिका लागि सुझाव सहितको मन्तव्य राखेका थिए । उक्त अवसरमा कलाकार विद्यार्थीहरूले विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

बिद्यालयका प्रधानाध्यापक विद्या चापागाईंले वार्षिक शैक्षिक प्रतिवेदन एवं आय-व्यय विवरण प्रस्तुतीकरण गरेको कार्यक्रममा विद्यालयका शिक्षक सम्झना कुँवरले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
उक्त अवसरमा उत्कृष्ट शिक्षक/कर्मचारी , वार्षिक परीक्षामा उत्कृष्ट स्थान ल्याउने विद्यार्थीहरू पुरस्कृत एवम् सम्मानित भएका थिए ।
























