महिला हाफ म्याराथनमा राेल्पाकी आश्मा विक प्रथम

महिला हाफ म्याराथनमा राेल्पाकी आश्मा विक प्रथम

व्यास नगरपालिकाले शहीद दिवसको अवसरमा माघ १६ गते गरेको खुला महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम उपाधी रोल्पाकी (जर्सी नं ८) आश्मा बिकले जितेकी छन् । उनलेे १ घन्टा ५७ मिनेट ३४ सेकेन्डमा निर्धारित २१ कि मी को दुरी पार गरि प्रथम भएकी हुन् । त्यसै गरि ओखलढुंगाकि लक्पा डिङ्मा शेर्पाले (जर्सी नं ७) २ घण्टा ४ मिनेट ५३ सेकेन्डमा पार गरि दोस्रो भएकी छन् । यस्तै काठमाडौंकि बिमला तामाङ तेस्रो भएकी व्यास ३ का वडा अध्यक्ष अनुप रानाले जानकारी दिए ।
भगवान वेदव्यासको जन्मभूमी र पराशर ऋषिको तपोभूमी दमौली र ऐतिहासिक तनहुँका दरबारको स्वदेश तथा बिदेशमा प्रचारप्रसार गर्ने तथा खेलाडीलाई हौंसला प्रदान गर्ने उद्धेश्यले प्रतियोगिता आयाेजना गरिएको थियो । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले धार्मिकरुपमा परिचित व्यास गुफा र ऐतिहासिकस्थलको रुपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने उद्धेश्य सहित म्याराथन प्रतियोगिता आयाेजना गरिएको जानकारी दिए ।
हाफ म्याराथन व्यास गुफादेखि अनसन चौतारी, जिल्ला प्रहरी कार्यालयको पछाडीबाट न्यूरोड भेटघाटचोक हुँदै, गशेशमानचोक, सत्यवती मावि, मालपोतलाईन, सफासडक हुँदै, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, रानीगाउँ, दरैपँधेरा, पोल्याङ, पराजुलीचोक, बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, पत्यारथोक, गङ्गलथोक, चण्डीथान, हटिया, गद्दीचौतारा हुँदै व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर टुङ्गिएकाे छ । उक्त दूरी २१ किमिको हाे। प्रतियोगितामा प्रथम हुनेले ४१ हजार ८१, द्धितीयले ३१ हजार ८१, तृतीयले २१ हजार ८१ र सान्त्वना हुने पाँच जनाले जनही रु ११ हजार ८१ रुपियाँ प्रदान गरिएकाे छ ।

फाेटाे चुडामणि दाहाल

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page