जेसिआई भानु बन्दिपुरकाे तेस्रो पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

जेसिआई भानु बन्दिपुरकाे तेस्रो पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

जेसिआई भानु बन्दिपुरकाे तेस्रो पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा वर्ष २०२४ का अध्यक्ष रविन अधिकारीले वर्ष २०२५ का अध्यक्ष अनुज पंडितलाई पद हस्तान्तरण गरेका थिए ।

पर्यटकीय नगरी बन्दिपुरकाे रेड हाउसमा भएकाे कार्यक्रममा प्रमुख अतिथि भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले जेसिआई मार्फत युवाहरुलाई नेतृत्व विकास, सीप मूलक ज्ञान र सामाजिक भावना जागृत हुने भएकाले सबैले आ-आफ्नो ठाउँबाट सहयाेग गर्नु पर्ने भन्दै यसमा भानु नगरपालिकाले सहयाेग गर्ने प्रतिवद्दता ब्यक्त गरेका थिए ।

उक्त अवसरमा शुभकामना आदानप्रदान सँगै साँस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page