बुद्धसिं राना स्मृति कप फुटबलकाे उपाधि अकला युवा क्लव गल्वुवेशीलाइ
शहीद बुद्धसिं राना स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिताकाे उपाधि अकला युवा क्लब व्यास १ गलबुवेशीले जितेको छ।

फाइनल खेलमा अकला युवा क्लबले चन्द्रावती युवा क्लबलाई पराजित गर्दै उपाधि जितेको हाे । प्रतिस्पर्धात्मक खेलमा अकलाले चन्द्रावती युवा क्लबलाई २-० गोल अन्तरले पराजित गरेेकाे थियो ।

प्रतियोगिताको विजेता अकला युवा क्लबलाई नगद ४० हजार र उपविजेता चन्द्रावती युवा क्लबलाई नगद २० हजार , मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ। पुरस्कार तथा सम्मान वितरण कार्यक्रमको प्रमुख अतिथि ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ रहेका थिए ।
प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको प्रमुख अतिथि श्रेष्ठले बताए । साथै, खेलकुदको माध्यमबाट स्थानीय युवाहरूमाझ खेलप्रति रुचि बढाउन र खेलकुद संस्कृतिलाई प्रवर्द्धन गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने श्रेष्ठले बताए ।
























