आदर्श युवा क्लब द्वारा उदय मा. बि. मा अध्यनरत बिद्यार्थीहरूलाइ शैक्षिक सामाग्री वितरण

आदर्श युवा क्लब व्यास ५ पतेनिटारले उदय मा. बि. मा अध्यनरत बिद्यार्थीहरूलाइ शैक्षिक सामाग्री वितरण गरेको छ । यु .के .जि देखि ५ कक्षा सम्मका गरिब तथा जेहेन्दार बिधार्थीहरूलाई झोला तथा कापि ,कलम लगायतका शैक्षिक सामाग्री बितरण गरिएको क्लवले जनाएको छ । उक्त सामाग्री करिब १५ हजार बराबरको रहेको क्लवका उपाध्यक्ष प्रविन श्रेष्ठले बताए ।

क्लवले उदय माध्यमिक विद्यालयकाे ४९ औं बार्षिकोत्सव तथा अभिभावक भेलाकाे अवसरमा उक्त सामाग्री प्रदान गरेको हाे । क्लवले यस अगाडि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेकाे छ । क्लवकै सकृयतामा केही समय अगाडि गाेरू तस्करी गरेर लाने गिराेहलाइ समेत समातेर प्रहरीको जिम्मा लगाएको थियो ।
सहयोग कार्यक्रममा क्लवका अध्यक्ष सुरेन्द्र अधिकारी , उपाध्यक्ष प्रविन श्रेष्ठ , सचिव राज श्रेष्ठ , काेशाध्यक्ष रामकुमार श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

























