शिक्षक संघ तनहुँका अध्यक्ष रमेश बाबू द्वारा रत्न मा. वि. मा ” गरिमा भट्टराई ” अक्षयकोष स्थापना

शिक्षक संघ तनहुँका अध्यक्ष रमेश बाबू द्वारा रत्न मा. वि. मा ” गरिमा भट्टराई ” अक्षयकोष स्थापना

नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेश बाबू भट्टराईले रत्न मा. वि. तनहुँ मा अक्षयकोष स्थापना गरेका छन् । बिद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिका लागी संघका अध्यक्ष तथा रत्न मा बि का पुर्ब प्रधानाध्यापक भट्टराईले अक्षयकोष खडा गरेको बिद्यालयले जनाएको छ । भट्टराईले आफ्नी छोरी गरिमा भट्टराईको नाममा रू ५५ हजारकाे ” गरिमा भट्टराई अक्षय कोष ” खडा गरेका हुन् ।

यस्तै लायन्स क्लब अफ कैलाश चौतारीका पुर्ब अध्यक्ष बिष्णु नारायण श्रेष्ठ द्वारा आफ्नो स्वर्गीय पिता सत्य नारायण श्रेष्ठको स्मृतिमा “सत्य नारायण श्रेष्ठ स्मृति अक्षयकोष “( रू ८५५००)खडा गरेकाे बिद्यालयले जनाएको छ । दुबै जनाले विद्यालयकाे ६६ ओैं बार्षिकाेत्सव तथा अभिभावक दिवस समाराेहकाे अवसरमा अक्षयकोष खडा गरेका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page