राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्देकाे सभापतिमा मनाेज अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्देकाे सभापतिमा मनाेज अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे गाउँपालिकाको प्रथम पालिका सम्मेलनले मनाेज अधिकारीलाई सभापति चयन गरेको छ । म्याग्दे ४ को रत्न गुठी भवन थर्पुमा बिहीबार सम्पन्न सम्मेलनबाट अधिकारीकाे संयाेजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हाे ।

समितिकाे उपसभापतिमा उदयराज आचार्य , सचिवमा बिमल रानाभाट र सहसचिवमा मैना थापा चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा अमित विश्वकर्मा , तुलबहादुर थापा , रामबहादुर राना , मिना सुनार , बिन्दु कुमार श्रेष्ठ र जयकाली वाग्ले चयन भएको पार्टीका व्यास नगर सभापति चुडामणि दाहालले बताए । अधिकारीलाई यसअघि पनि पार्टीले म्याग्दे संयाेजककाे जिम्मेवारी दिएको थियो ।

त्यस अघि भएको कार्यक्रमलाइ पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य हरी ढकाल, प्रतिनिधि सभा सदस्य शिव नेपाली, पार्टीका केन्द्रीय सह कोषाध्यक्ष रमेश प्रसाई र गण्डकी प्रदेश सभापति राजन गौतम र जिल्ला सभापति विश्व वास्ताेला लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ता एवम् स्थानीयकाे बाक्लो उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page