वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना जगाउदै प्रहरी नायब निरीक्षक उदय पाैडेल
इलाका प्रहरी कार्यालय आँबुखैरेनीले आफ्नाे क्षेत्रका बासिन्दालाई वन डढेलाे नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम गरेको छ । कार्यालयबाट तयार गरिएको वन डढेलो नियन्त्रण कार्ययोजना २०८१ बमोजिम सचेतनामूलक कार्यक्रम कार्यतालिका अन्तर्गत उक्त कार्यक्रम गरिएको इप्रका आँबुखैरेनीले जनाएको छ ।

प्र.ना.नि. उदयराज पौडेलको कमाण्डमा खटीएको टोलीले आँबुखैरेनी ४ स्थित अक्लाङमा स्थानीय जनप्रतिनिधि, स्थानीय सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरुसँग समन्वय गरी स्थानीय बासिन्दाहरुको सहभागितामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “वन डढेलो नियन्त्रण” सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हाे ।

























