प्रदेश अधिवेशनका लागि एकीकृत समाजवादि तनहुँबाट प्रतिनिधि छनाेट

प्रदेश अधिवेशनका लागि एकीकृत समाजवादि तनहुँबाट प्रतिनिधि छनाेट

नेकपा (एकीकृत समाजवादी) गण्डकीको यही माघ २६ र २७ गते पोखरामा हुने पहिलो प्रदेश अधिवेशनका लागि तनहुँबाट प्रतिनिधि छनोटको काम सम्पन्न भएको छ । प्रतिनिधि छनोटका लागि क्षेत्र नं. १ को दमौली र क्षेत्र नं. २ को भीमाद केन्द्र तोकिएकोमा दुबै क्षेत्रबाट सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएको एकीकृत समाजवादी तनहुँले जनाएको छ ।

जस अनुसार क्षेत्र नं. १ बाट मङ्गलप्रसाद श्रेष्ठ, गजेन्द्र पन्थ, गोविन्द अधिकारी, रनसिं नेपाली, श्रीप्रसाद भट्टराई र मनिमा राई रहेका छन् । त्यस्तै क्षेत्र नं. २ बाट भूपाल थापा, अमृत थापा, विष्णुकुमार श्रेष्ठ, पूर्णबहादुर थापा, रामबहादुर थापा (रामजी के. सी.) मननारायण श्रेष्ठ, कमानसिं दमाई र पवित्रा सुनार साथै मजदुर क्षेत्रबाट लालबहादुर पन्थ प्रतिनिधि छनोट भएका छन् ।

प्रदेश कमिटी साथै केन्द्रीय प्रतिनिधि परिषद सदस्य आयोजकका हिसाबले स्वत: प्रतिनिधि हुने व्यवस्था भएकाले सो अधिवेशनमा तनहुँबाट कूल पच्चीस जना प्रतिनिधिहरूको सहभागीता रहने जनाइएको छ । पोखरा सभागृहमा हुने अधिवेशनको पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page