बरादीकाे बस दुर्घटनामा २२ वर्षीय सापकोटाकाे मृत्यु , १३ घाइते
पृथ्वीराजमार्ग स्थित तनहुँकाे बरादिमा केही बेरअघी भएको बस दुर्घटनामा एकजनाकाे मृत्यु भएको छ । दमाैली बाट मुग्लिन जाँदै गरेको २९९९ नम्बरको बस बरादीमा दुर्घटना हुँदा चितवनकी २२ वर्षीय सुमिना सापकोटाकाे मृत्युु भएको उद्धारमा संलग्नले बताएका छन् । यस्तै दुर्घटनामा १३ जना घाइते रहेको बताइएको छ ।

दुर्घटना भएको बसमा करिब १४ यात्रुहरू रहेको बताइएको छ । घाइतेलाइ आँबुखैरेनी अस्पताल लगिएकाे छ । माेटरसाइकल जाेगाउन खाेज्दा बस दुर्घटनामा परेको स्थानीयले बताएका छन् ।

























