श्रीपञ्चमीकाे अवसरमा व्यास ३ काे ज्ञानवाटिका मन्टेश्वरी भर्ना शुल्कमा शतप्रतिशत छुट !
श्रीपञ्चमीकाे अवसरमा व्यास ३ सृजना टाेल दमाैलीमा रहेको ज्ञान वाटिका मन्टेश्वरी स्कुलले प्ले ग्रुपको भर्ना शुल्कमा शतप्रतिशत छुटकाे व्यवस्था गरेको छ ।

ज्ञानवाटिकाले सरस्वती पुजाकाे पावन अवसरमा साना बाबुनानीकाे अक्षरारम्भ सहित विविध कार्यक्रमका साथ विद्यार्थी भर्नामा शतप्रतिशत छुटकाे व्यवस्था गरेको सञ्चालक एवम् शिक्षिका कमला पाैडेलले बताइन् । ज्ञान वाटिकामा ससाना बाबु नानीलाई खेल्ने प्रयाप्त ठाउँ भएको र शैक्षिक बाताबरण बालमैत्रि रहेकोले अधिकांश अभिभावककाे राेजाइमा पर्न सफल भएको पाैडेलले बताइन् । यस्तै बच्चालाई दिइने खाजा अर्गानिक हुने र प्रत्येक बच्चालाई निगरानी र उचित स्याहारसुसारकाे लागि प्रयाप्त स्टाफहरू भएकोले यहाँ धेरैको प्राथमिकतामा पर्ने अर्कि शिक्षिका माेती मगरले बताइन् ।

सिकाइ पद्धतिमा अब्बल देखिएको मन्टेश्वरीमा पढ्ने र पढाउने भन्दा पनि सिक्ने र सिकाउने शिक्षण विधि अपनाइने गरेको छ । ज्ञानबाटीका मन्टेश्वरीमा बालबालिकाको बालमनोबिज्ञानलाई मध्यनजर गरी सिकाउने गरिन्छ मगरले बताइन् ।घोकन्ते र परम्परागत शिक्षण पद्धतिको सट्टा मन्टेश्वरीमा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको सिकाइ क्षमता विकास गरिने सञ्चालक कमला पौडेलले बताइन् । विद्यालय स्तरको पढाइ सुरु हुनुभन्दा पहिले बालबालिकालाई सिकाउन अपनाइएको उक्त मन्टेश्वरी सिकाइले बालबालिकामा बौद्धिक, सामाजिक र मनोवैज्ञानिक विकासमा सहयोग पुऱ्याउने पौडेलले जानकारी दिइन् 1
बालबालिकाको रुचि र चाहना अनुसार सिकाएर उनीहरुलाई पढाइप्रति आकर्षित गर्ने परम्परा र आधुनिक विधि पद्धतिबाट सिकाइ गरिने भएका कारण अहिले ज्ञानबाटिका धेरैको रोजाइमा परेको मात्रै नभइ यसमा अभिभावकको आकर्षण समेत बढ्दो छ । सामाजिक र व्यावहारिक मूल्य मान्यता अनुसार व्यावहारिक ज्ञान प्रदान गरी असल नागरिक बनाउने आधार खडा गर्नेगरी मन्टेश्वरी शिक्षा दिने गरिएको ज्ञानबाटिका प्रिन्सिपल दिलु थापाले बताइन् ।पठन सामग्रीका साथ बालबालिकाले हेरेर, सुनेर, चाखेर, छोएर र सुँघेर सिक्ने गर्छन् । यसका लागि उनीहरुलाई समय दिनुपर्छ । उनीहरुको इच्छा अनुसारका क्रियाकलाप गर्न दिनुपर्छ प्रिन्सिपल थापाले भनिन् ।
























