मगर भाषाको पढाइ सञ्चालन गर्न शिक्षकहरूलाई ५ दिने तालिम

मगर भाषाको पढाइ सञ्चालन गर्न शिक्षकहरूलाई ५ दिने तालिम

तनहुँको व्यास नगरपालिकाले मगर भाषाको संरक्षणको लागि मद्धत गरेको छ । मगर भाषा संरक्षणको लागि नगरपालिकाले मगर समुदायको बाहुल्यता रहेको विद्यालयमा मगर भाषाको पाठ्यक्रम अनुसार पढाई सञ्चालनको तयारी गरेको छ ।
तनहुँकाे व्यास नगरपालिकामा मगर भाषाको पाठ्यक्रम पठाउनको लागि नगरपालिकाको सहयोगमा शिक्षकलाई ५ दिने तालिम प्रदान गरिएको छ ।

नेपाल मगर सङ्घ व्यास नगर समितिको आयोजना र व्यास नगरपालिकाको सहयोगमा उक्त तालिम सम्पन्न भएको हाे । अब यसै हप्ताबाट तालिम लिएका शिक्षकले विद्यालयमा मगरभाषाको पाठ्यक्रम अनुसारको कक्षा सञ्चालन गर्ने छन् । पठनपाठनमा सहज बनाउन मगर भाषामा कक्षा सञ्चालन तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । भाषाको संरक्षण गर्न र सिकाइमा प्रभावकारीता ल्याउन भाषामा कक्षा सञ्चालन गर्न मद्धत गरेको नगरपालिकाले बताएको छ ।

भाषालाई पुस्तान्तरणको लागि सहयोग पुगोस् भन्ने उद्धेश्यले शिक्षकलाई तालिम प्रदान गरिएको नेपाल मगर सङ्घ व्यास नगर समिति अध्यक्ष रिमा आले मगरले बताइन् ।
समितिका अनुसार यमबहादुर आले, इन्द्रबहादुर आले, अमर थापा, नन्दु थापा, यमलाल थापा, तिलबहादुर थापा, अनुराग थापा मगर ले भाषाको पाठ्क्रमको बारेमा प्रशिक्षण दिएका थिए । तालिममा मगर बाहुल्यता भएका सामुदायिक विद्यालयका शिक्षकहरु सहभागी छन् ।

नेपाल मगर सङ्घ गण्डकी प्रदेशका पूर्व अध्यक्ष सिद्धान्त थापा मगरले भाषा संरक्षणको लागि व्यास नगरपालिकाले चालेको कदम प्रशंसनीय भएको बताए । गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको भाषा बनाउन लागेकोले यस्ता तालिमले भाषा संरक्षण गर्ने अभिभानलाई टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page