व्यासऋषिको तपोभूमि व्यासगुफामा पहिलो पटक तीन दिने रुद्रयाग हुने
व्यासऋषिको तपोभूमि व्यास–३ स्थित व्यासगुफामा तीन दिने रुद्रयाग गरिने भएको छ । वैदिक पुरोहित समाजको आयोजनामा जिल्लामै पहिलो पटक माघ २७ देखि २९ गतेसम्म रुद्रयाग गर्न लागेको हो ।
पहिलो दिन पूर्वाङ्ग,दोस्रो दिन हवन र तेश्रो दिन अभिषेक टीका ग्रहण कार्य गरिने बैदिक पुरोहित समाज तनहुँका सचिव श्रीभद्र न्यौपानेले बताए ।

समाजमा सकारात्मक सोच र आध्यात्मिक विकासको लागि यज्ञ गर्न लागेका हौ,उनले भने । “शास्त्रीय मर्यादामा रहेर गरिने रुद्रयागमा ४५ जना गुरुहरुको सहभागिता रहनेछ ।”
व्यासभूमिमा हुने रुद्रयागमा पाठनात्मक र हववानात्मक कार्यहरु गरिने प्रचारप्रसार समितिका संयोजक गणेश घिमिरेले जानकारी दिए ।
बैदिक सनातनको प्रचार प्रसार गर्ने उदेश्यले रुद्रयाग गर्न लागिएको घिमिरेले बताए ।
रुद्रयाग शास्त्रीय मर्यादामा रहेर गरिने र यसले धार्मिक सहिष्णुता स्थापित गर्न सहयोग पुग्ने बिश्वास गरिएको
अध्यक्ष तुलसीराम पौडेल उपाध्यायले बताए । ”रुद्रयाग यज्ञ लगाइनाले मानिसका दुख र कष्टलाई नास गर्ने विश्वास गरिएको छ । यज्ञमा आठ हजार चार सय ५९ पटक आहुति दिइनेछ । गाईको घीउबाट हवन गरिने बेदानुयायी प्रतिष्ठान नेपालका अध्यक्ष कृष्णकान्त काफ्लेले बताए । कर्यक्रमका लागि रु. सात लाख रुपैयाँ खर्च लाग्ने अनुमान समाजले गरेको छ ।

























