राष्ट्रिय युवा संघ तनहुँकाे अध्यक्षमा सुरेन्द्र

राष्ट्रिय युवा संघ तनहुँकाे अध्यक्षमा सुरेन्द्र

राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी तनहुँको दशौँ जिल्ला अधिवेशन सनिवार राति सम्पन्न भएको छ।

अधिवेशनले सुरेन्द्र बहादुर तामाङलाई जिल्ला कमिटीको अध्यक्षमा निर्वाचित गरेको छ। अध्यक्षमा अजित पन्थ र तामाङकाे बिचमा प्रतिस्पर्धा भइरहँदा पार्टीले हस्तक्षेप गर्दै तामाङलाई अध्यक्ष घाेषणा गरेपछि केही बेर हङ्गामा भएको थियो । युवा संघका केही युवाहरूले सबै पद पुल पारि लाने भन्दै नेतृत्व प्रति चर्को असन्तुष्टि प्रकट गरेका थिए । पन्त पक्षका युवाहरूले युवाहरूको माग अजित तिर भए पनि पार्टीले जबर्जस्ती सुरेन्द्र लाई अध्यक्ष बनाएको बताइरहेका थिए ।
समितिकाे अन्य पदमा भने कुनै विवाद नभइ सर्वसम्मत भएको बताइएको छ । समितिकाे उपाध्यक्षमा शिव आले, सचिवमा सन्तोष राना, उपसचिवहरूमा मनिराज थापा र विकास ढकाल तथा कोषाध्यक्षमा सोमबहादुर तामाङ चयन भएका छन्।
नयाँ गठित जिल्ला कमिटी ४५ सदस्यीय रहेको छ ।

युवा सङ्घका जिल्ला अध्यक्ष मदन तिमल्सेनाको अध्यक्षतामा आयोजित अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य तथा युवा इन्चार्ज राजिव पहारी , तनहुँ इन्चार्ज केदार सिग्देल लगायतले सम्बोधन गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page