शिवरात्रीकाे अवसरमा शुक्लागण्डकी ११ साँखेमा फागुन ८ गतेदेखी महायज्ञ हुने



तनहुँकाे शुक्लागण्डकी नगरपालिका वडा नं ११ स्थित साँखेमा महायज्ञ हुने भएको छ । फागुन ८ गते देखी फागुन १५ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने बताइएको छ ।

महाशिवरात्रि धार्मिक पर्वकाे रूपमा सञ्चालन हुन लागेको महायज्ञकाे मुख्य उद्धेश्य शिवालय मन्दिर देवल साँखेको पुर्नसंरचना तथा धार्मिक धाम निर्माण गर्नु रहेको छ ।
सु-प्रसिद्ध कथा वाचक पं. श्री कपिल भट्टको मुखारवृन्दबाट विभिन्न देवलिला , जनचेतना मुलक नाटक प्रस्तुती सहित संगीतमय कथा प्रवचन साथै हरेक दिन साँझ पितृ उद्धार श्रृङ्गरिक महा आरती हुने आयाेजक शिवालय मन्दिर व्यवस्थापन समिति अध्यक्ष नीलकण्ठ अर्यालले बताए ।
“महा शिवरात्री धार्मिक महोत्सव–२०८१”को सचिवालय उद्घाटन तथा पत्रकार भेटघाट कार्यक्रम यहि माघ २४ गते बिहिबार राखिएको समेत मुल समारोह समितिले जनाएको छ ।

























