ऋषिङ्ग गाउँपालिका अध्यक्ष श्रेष्ठले वडा नं १ का जनतासँग तितो पाेखे !

ऋषिङ्ग गाउँपालिका अध्यक्ष श्रेष्ठले वडा नं १ का जनतासँग तितो पाेखे !


ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले
वडा नं १ का जनतासँग तितो पाेखेका छन् । अध्यक्ष श्रेष्ठले ऋषिङ्ग गाउँपालिका वडा नं १ मा नव निर्मित १ नम्बर वडा कार्यालय भवन तथा ऋषिङ्ग झापुटार सामुदायिक सभाहलको उद्घाटनका क्रममा त्यहाँका जनतासँग तितो मात्रै पाेखेका छैनन् , असन्तुष्टि र गुनासो समेत व्यक्त गरेका छन् । वडा नं १ लाई उच्च प्राथमिकतामा राखेर पालिकाकाे बजेट हाल्ने मात्रै हाेइन बिकास निर्माणमा पनि उल्लेखनीय काम भइरहेको सन्दर्भमा समेत जस नपाएपछि उनलेे त्यहाँका जनतासँग तितो पाेखेका हुन् ।

आँफु नगरपालिकाका वडा भन्दा अब्बल वडा बनाउनकाे लागि दत्तचित्त भएर लागेपनी स्थानीयले चाहिनेजती साथ नदिएको महशुस गरेको उनको भनाइ थियो ।
वडामा शिक्षा , स्वास्थ्य , खानेपानी , सडक लगायतका बिकास निर्माणमा सबै वडावासी एकजुट भएर अगाडि बढे मात्रै कामले गति लिने भन्दै श्रेष्ठले नागरिक सचेत नहुँदा बिकास नचाहिएकाे रहेछ भन्ने भान भएको बताए ।
उद्घाटन कार्यक्रममा हलमा न्युन उपस्थिति देखेपछि उत्साहजनक सहभागीता खै ? भन्दै उनले पालिकाले बजेट चाहिँदाे हाल्ने तर जनता जागरूक नहुने गरेको टिप्पणी गरे । एक हजार जना क्षमताको हल खाली जस्तो देखिएपछि श्रेष्ठले हल र हलमा राखिएको कुर्सी फिर्ता लानुपर्ने अवस्था आएकाे व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए ।
यत्रो सभाहल सम्पत्तिको रूपमा सुम्पिन आएकाे छु , तर यहाँका वडा बासी जागरूक नभएको देख्दा अचम्म लागेको भन्दै श्रेष्ठले वडावासीलाइ
जागरूक हुनुस् , इच्छाशक्ति जागरूक गर्नुस्
सामाजिक भाव बाेकेर अगाडि बढ्नुस् र
१ मा बिकास निर्माणमा राजनीति नगर्नुस् ,
कार्यक्रमलाई महत्त्व दिएर उपस्थित हुनुस् लगायतका सुझाव समेत उनलेे वडावासीलाइ दिए ।

जुन उद्धेश्यका लागि सभाहल उद्घाटन भएको छ , त्यो बाहेक अन्य हिसाबले प्रयोग नगर्न समेत उनलेे चेतावनी दिए ।

भवन उद्घाटन कार्यक्रममा पालिकाका उपाध्यक्ष गिनुमायाँ थापा, प्रमुख प्रशासकिय अधिकृत अनिल अंगाई, नेका तनहुँका जिल्ला सदस्य मोहन गिरी, नेपाली कांग्रेस ऋषिङ गाउँपालिका सभापति श्रीबहादुर आले, समाजसेवी भूपाल सिंह थापा, मधुसिंङ थापा, नेपाल पत्रकार महासंघ तनहुँका सभापति डिपी अधिकारी लगायतले नव निर्मित भवनबाट नागरिकहरुले अझ सहज ढङ्गबाट सेवा प्रवाह गर्न आग्रह गरेका थिए ।
त्यस अवसरमा भवन निर्माण लगायत समाजसेवामा योगदान गर्ने निवर्तमान वडा अध्यक्ष श्रीबहादुर आले, बुद्धिमान राना, खिम बहादुर थापा, सावित्री परियार दमै, तनहुँ हाइट्रो पावर लिमिटेड,  बेलटार बचाङ गौडा सामुदायिक वन उपभोक्ता समिति तथा निर्मण कम्पनी विपी कन्ट्रक्सन, हरि शान्ति कन्ट्रक्सन लगायतलाई सम्मान गरिएको थियो ।
नवनिर्मित ऋषिङ्ग सभाहल १ करोड ५१ लाखमा निर्माण भएको र १० लाख बराबरको फर्निचरको व्यवस्था वडा कार्यलयले गरेको जनाइएको छ। त्यस्तै गरि २ तले १ नम्बर वडा कार्यालय भवन ९१ लाखको लागतमा बनेको बताइएको छ। ऋषिङग गाउँ पालिका वडा नं १ का वडाअध्यक्ष  कुश बहादुर थापाको सभापतित्वमा  सम्पन्न भएको  कार्यक्रमको ऋषि गाउँ पालिकाका वडा नं १ का वडा सचिव  दिपक आचार्यले सहजिकरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page