दमाैलीमा ईही (बेल विवाह) कार्यक्रम शुरु

दमाैलीमा ईही (बेल विवाह) कार्यक्रम शुरु

नेवा देय दबू गुठी समन्वय समितीको आयोजनामा दमाैलीमा ईही (बेल विवाह) कार्यक्रम शुरु भएको छ । तनहुँको दमौली स्थित भीमसेन मन्दिर परिशरमा शुरु भएको वेल बिवाह माघ २४ गते देखि २५ गते सम्म चल्नेछ ।नेवारी परम्परा अनुसार हुने ईही (बेल विवाह) मा ४७ जना नेवारी कन्याहरुले भाग लिएका छन् । जिल्लाका विभिन्न भागवाट ईही (बेल विवाह) गराउन आएको समन्वय समितीका अध्यक्ष क्या. सन्तलाल श्रेष्ठले वताए ।

नेवारी पण्डित लाल प्रसाद श्रेष्ठले यो २ दिनमा नेवारी संस्कार अनुसार नेवारी कन्याहरुलाई ईही (बेल विवाह) गर्नेछन् । नेवारी समुदायको संस्कार र संस्कृति सँग जोडिएको वेल विवाह कार्यक्रम वर्षो देखि गर्दे आईरहेको समन्वय समितीका सचिव जुन नारायण श्रेष्ठले जानकारी दिए ।

उक्त कार्यक्रमको प्रमुख अतिथी नेवा: मिसा दबूकी केन्द्रिय उपाध्यक्ष योगिता श्रेष्ठ रहेकी थिइन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page