जनप्रतिनिधिकाे तलबभत्ता सामाजिक कार्यमा खर्चँदै वडा सदस्य भण्डारी

जनप्रतिनिधिकाे तलबभत्ता सामाजिक कार्यमा खर्चँदै वडा सदस्य भण्डारी


तनहुँका एक जनप्रतिनिधिले जनप्रतिनिधि भए बापत पाउने तलवभत्ता सामाजिक कार्यमा खर्चँदै आएका छन् । व्यास नगरपालिका वडा नं ४ का युवा वडा सदस्य सराेज भण्डारीले आँफुले पाएको तलबभत्ता बाट विभिन्न ठाउँमा फरकफरक समस्यामा रहेका विपन्न वर्गहरूलाइ सहयोग गर्दै आएका हुन् ।

बिहीबार मात्रै सदस्य भण्डारीले म्याग्दे ४ पाँडेथाेकमा पुगी एक बिपन्न परिवारलाई खाद्यान्न , न्यानो कपडा , फलफूल लगायतका सामाग्री सहयोग गरेका छन् । भण्डारीले ७० वर्षीय बृद्धअबश्थामा रहेकी मैतीमाया सुनार र ४ वर्षीय नातिनी रियासा सुनारलाइ घरको आर्थिक अवस्था निकै कमजोर र कहालीलाग्दो अवस्थालाई मध्यनजर गर्दै सहयोग गरेका हुन् ।

भण्डारीले सहयोग गर्दै बुढी आमालाइ न्यानो पछ्याैरा र नातिनीलाई न्यानो लुगा लगाइदिँदा भावविह्वल भएकी थिईन् ।
उनलेे चामल , दाल तरकारी , घ्यू , तेल , आलु , चाउचाउ , न्यानो लुगा लगायतका सामाग्री सहयोग गरेका थिए । घरमा काम गर्ने तथा कमाइ गर्ने एवम् हेरचाह गर्ने मानिस काेहि नभएको परिवारलाई उनलेे सहयोग गरेका हुन् ।यस अगाडि पनि भण्डारीले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका थिए ।

७० वर्षीय सुनारका छाेरा ३६ वर्षीय बसन्त सुनार लामो समयदेखि गम्भीर बिरामी परेर केही दिन अगाडि मृत्युु भएको थियो । छाेराकाे मृत्युु पछि ४ वर्षीय नातिनीकाे स्याहारसुसार र रेखदेख गर्दै आएकी सुनार आँफै अशक्त छिन् ।
उनकी बुहारी दुई महिनाको काखकाे नातिनी अलपत्र पारेर घर छाेडेर हिँडेकी थिइन् । मानसिक समस्याकाे बिरामी भएकोले घर छाेडेर हिँडेको छिमेकीले बताएका छन् । दुई महिनाको नातिनी रियासा र थला परेर बसेकाे छाेराेकाे स्याहारसुसार र रेखदेख गर्ने घरमा ७० वर्षकी बुढी आमा मात्रै थिइन् । त्यही बिचमा छाेराकाे मृत्युु भए पछि घरमा बुढी हजुरआमा र नातिनी मात्रै छन् ।

आमा मैतिमाया सुनारका अनुसार छाेरा बसन्त कत्तारमा बैदेशिक राेजगारीकाे सिलसिलामा जाँदा कामको सिलसिलामा एउटा गाेडाकाे औलामा घाउ भएको थियो । त्यही घाउले ठुलो आकार लिँदै जाँदा पूरा गाेडानै टेक्न नमिल्ने गरी समस्या र दुखाइ बढ्दै गयो । छाेराे घरमा फर्कियाे । पाेखरा हरियो खर्कमा , भरतपुरमा , दमाैलीमा उपचारका लागि छाेराेलाइ लगेपनी सन्चो नभएको भन्दै आमा मैतिमायाले नसाकाे समस्या रहेको भनेर हरियो खर्क अस्पतालले भनेको , औषधि दिएर पठाएको तर ठिक नभएको बताइन् ।
पछिल्लो समय सरिरनैँ नचल्ने , सरिरभरी आएकाे घाउ कुहिएकाे , दिसापिसाब ओछ्यानमै हुने अबस्थामा उनको मृत्यु भएको थियो । एकपटक काठमाडौंकाे न्युराे अस्पतालमा लान पाए छाेराेलाई राम्रो हुन्थ्योकि भनेर गाउँलेले भनेपनी लानलाई पैसा र लानेमान्छे पनि नभएकोले बचाउन नसकिएको भन्दै उनलेे छाेराे सम्झेर भक्कानाे छाेडिन् । याे उमेरमा यस्तो बेहोर्न परेको छ भन्दै आशु झार्दै उनले रातभरि सुत्न नसकेको बताइन् । घरमा खान नातिनी पढाउन समस्या भएको र आम्दानिकाे श्राेत केही नभएको उनको भनाइ छ ।


यता एक आफन्तका अनुसार म्याग्दे गाउँपालिकाले पनि उनको उपचारका लागि केही सहयोग गरेको थियो । यस्तै वडा अध्यक्ष दिपक श्रेष्ठले उनको उपचारको लागि सहयोग गर्नुका साथै स्वास्थ्यकर्मी समेत पठाएर सहयोग गरेका थिए । गाउँपालिका सँगै पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले पनि परिवारकाे सहयोगकाे लागि व्यक्तिगत रूपमा चामल लगायतका खाद्यान्न सहयोग गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका म्याग्दे सभापति मनाेज अधिकारीले पनि खाद्यान्न सहयोग गरेका थिए ।

काका मनबहादुर सुनारका अनुसार
जनप्रकाश प्राविमा नर्सरीमा पढ्ने सानो नानी र बुढी आमाकाे रेेखदेखकाे लागि सहयोग गर्न चाहने विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोग गर्न आव्ह्वान गरेका छन् । सहयोगी भण्डारीले पनि पछि फेरि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । घरमा काेही नभएको बेसहारालाई सहयोग गरेको भन्दै बुढी आमाले भण्डारीलाई रूँदै आशिर्वाद दिएकी छन् । उक्त अवसरमा सुप्रिम सहकारीका अध्यक्ष मनाेज अधिकारी , कमल सुवेदी लगायतको सहभागीता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page