सम्पादक नहर्की सम्मानित

तनहुँ प्रेस डटकमका सम्पादक अमरराज नहर्की शनिबार सम्मानित भएका छन् ।
व्यास नगरपालिका–११ सेरा स्थित वसन्त आधारभूत विद्यालयको स्वर्णजयन्तीको उपलक्ष्यमा नहर्की सम्मानित भएका हुन् । यस विद्यालयबाट अध्ययन गरी शैक्षिक तथा पत्रकारिताको क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भनि स्वर्णजयन्तीको अवसरमा आयोजित समारोहमा पत्रकार नहर्कीलाई सम्मान गरिएको थियो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख उद्धवराज कट्टेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत पराजुली, प्रधानाध्यापक माधव खनालले सयुक्त रुपमा कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् । पत्रकार नहर्कीले थुप्रै मान सम्मान पाई सकेका छन् । उनले नेपाल पत्रकार महासंघ शिक्षामन्त्रालयको शिक्षा विभागद्धारा सयुक्त रुपमा प्रदान गर्ने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार– २०७२, शिक्षा लेखनवृत्ति पुरस्कार–२०७०, नेपाल तरुण दल तनहुँले स्थापना गरेको तरुण पत्रकारिता पुरस्कार–२०८१, जय प्राप्ति म्युजिक अवार्ड लगायत थुुप्रै पुरस्कार तथा मान सम्मान पाई सकेका छन् ।

नहर्की नेपाल प्रेस युनियन तनहुँको निर्वतमान अध्यक्ष हुन् । नहर्की दुई दशक अघि देखि पत्रकारितामा क्रियाशिल छन् । उनि सरकारी सञ्चार माध्यम गोरखापत्र दैनिकको तनहुँ समाचारदाता पनि हुन् । सम्पादक नहर्कीले आम र सञ्चार पत्रकारितामा स्नोत्तर गरेका छन् ।
























