२३ मिटर घर नभत्काउनेले २५ मिटरकाे वकालत गरे – नगरप्रमुख न्याैपाने

२३ मिटर घर नभत्काउनेले २५ मिटरकाे वकालत गरे – नगरप्रमुख न्याैपाने

मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत दमाैली बजारका केही घर धनीले आँफुले २३ मिटर पनि घर नभत्काउने अनी बाहिर चाहिँ २५ मिटरपाे भत्काउन पर्छ भनेर वकालत गर्ने गरेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले बताएका छन् । आइतबार व्यास नगरपालिकामा आयाेजित पत्रकार सम्मेलनमा उनलेे उक्त कुरा बताएका हुन् ।

अहिले बजारमा नाला बनिसकेको भन्दै न्याैपानेले यही माघ २५ गते नगरसभा कक्षमा पृथ्वीराजमार्गमा घर हुने जग्गा घर धनीहरू र जनप्रतिनिधिहरू करिब १ सय ५० जना जम्मा भएर बाँकी रहेका समस्याहरूकाे बारेमा छलफल भएको जानकारी दिए ।


नगर प्रमुख न्याैपानेकाे संयाेजनमा बसेकाे भेला एवम् छलफलमा राजमार्ग निर्माणमा सुधार हुनुपर्ने सराेकारवालाहरूकाे माग रहेको थियो ।
बाटो निर्माणमा तिव्रता दिनुपर्ने , गुणस्तरीय हुनुपर्ने , घरमा आवतजावत गर्न सहज हुनुपर्ने , बजारका घर बाट निस्कने पानी व्यवस्थापन गर्न नाला निर्माण गर्नुपर्ने , पदमार्ग ( फुटपाथ ) का लागि आवस्यक जग्गा नपुग भएमा बाटोका क्षेत्रका २५ मिटर भित्र सम्बन्धित घर जग्गा धनीले बाधा बिराेध सृजना नगर्ने , बाटो विस्तारमा आएका विविध समस्याहरू समाधान गर्न ११ सदस्यीय सहजीकरण समिति गठन गर्ने लगायतका रहेका छन् ।
हाल सडकबाट माथिल्लो भागमा दुईवटा नाली र तल्लो भागमा एउटा नाली बनाउने काम भइरहेको छ । बिजुलीको पाेलमा जग्गाको भाग अपुग भएकोले टि र एल आकारमा तार टाँगिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page