गुणादीमा बन्दै गरेको शिवालय मन्दिर निर्माणकाे काम अन्तिम चरणमा

गुणादीमा बन्दै गरेको शिवालय मन्दिर निर्माणकाे काम अन्तिम चरणमा


म्याग्दे गा पा वाड न १ र २ माथिल्लाे गुणादी स्थित दुर्गा – मन्दिरको नजिकै तारकेश्वर शिवालय माहादेवको मन्दिर निर्माणकाे काम अन्तिम चरणमा पुगेको छ । मन्दिर निर्माण समितिका संयाेजक कृष्ण रानाभाटका अनुसार मन्दिर बनाउने काम अन्तिम चरणमा पुगेको हाे । मन्दिरमा हाल टायल हाल्ने काम भइरहेको छ ।
करिब ८ लाख रूपयाँ खर्च अनुमान गरिएको मन्दिर निर्माणका लागि सहयोगी हातहरू जुटाउन संयाेजक रानाभाटले अभियान नैँ चलाएका छन् । रानाभाटकाे अभियानलाई साथ दिँदै सहयोगीहरू जुट्ने क्रम पनि बढ्दै गइरहेको छ । मन्दिर निर्माणकाे लागि सहयोग गर्ने मध्ये तिनहजार भन्दा बढी सहयोग गर्ने सहयोगीहरूको नाम शिलालेखमा लेखिने समेत रानाभाटले जानकारी दिए । राजमार्ग सँगै जाेडिएर पहिले रहेको शिवालय मन्दिर सडक विस्तारकाे क्रममा भत्किएपछि दुर्गा मन्दिरको आडैमा अर्को नयाँ मन्दिर निर्माण गरिएको हाे । उक्त मन्दिर निर्माण समितिकाे सचिवमा लक्ष्मण श्रेष्ठ रहेका छन् । रानाभाट , श्रेष्ठ लगायतको समितिले बृहत् छलफल पश्चात् उक्त काम अगाडि बढाएको हाे । रानाभाट र श्रेष्ठ सँगै पुरानो शिवालय मन्दिरमा आबद्ध समितिका सदस्यहरू यसमा लागिरहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page