काठमाडौंमा स्कुल बस दुर्घटना हुँदा दुईजनाकाे मृत्यु

काठमाडौंमा स्कुल बस दुर्घटना हुँदा दुईजनाकाे मृत्यु

काठमाडौँको फर्पिङमा करिब ५० जना विद्यार्थी चढेको स्कुल बस दुर्घटनामा परेको छ।

प्रहरीका अनुसार दुर्घटनामा चालकसहित एक विद्यार्थीको मृत्यु भएको छ। आइतबार दिउँसो साढे ३ बजे दक्षिणकाली नगरपालिका–३ भञ्ज्याङमा जुनकिरी इंग्लिस स्कुलको बस दुर्घटना भएको हो।

दुर्घटनामा ४० वर्षीय चालक राधाकृष्ण मगरको घटनास्थलमै ज्यान गुमेको हो भने ८ वर्षीय विद्यार्थी विपीन श्रेष्ठको उपचारका क्रममा ट्रमा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाका घाइतेहरुको काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page