३ करोडमा बनेको प्रहरी चौकी सोतीपसल लमजुङको भवन उद्घाटन

प्रहरी चौकी सोतीपसल लमजुङको नव निर्मित भवनकाे समुद्घाटन भएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावलले प्रहरी चाैकीकाे उद्घाटन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवकाे अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्द बहादुर गुरूङ , मध्यनेपाल नगरपालिकाका उप-प्रमुख सिता गुरूङ , नेपाली सेनाका प्रमुख सेनानी चित्र बहादुर कार्की , सशस्त्र प्रहरी वल नेपालका सशस्त्र प्रहरी नायव उपरीक्षक दिपक पुरी , प्रहरी नायब उपरीक्षक ई.ध्रुब अधिकारी लगायत जनप्रतिनिधिहरु, पुर्व प्रहरी कर्मचारी, पत्रकार, बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरू, शिक्षक, आमा समुह, युवा क्लबहरूको उपस्थिति रहेको थियो ।

कुल ३ करोड १६ लाख ८८ हजार ५४ रूपैयाँको लागतमा चाैकी निर्माण सम्पन्न भएको हाे ।
























