अभियुक्त छुटाइदिन्छु प्रहरी इन्स्पेक्टर हाे भन्दै रकम ठगी गर्ने दाहाल पक्राउ

अभियुक्त छुटाइदिन्छु  प्रहरी इन्स्पेक्टर हाे भन्दै रकम ठगी गर्ने दाहाल पक्राउ

प्रहरी हिरासतमा रहेका अभियुक्तलाई छुटाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा सुनसरीको इनरुवा-६ का २२ वर्षीय आकाश उर्फ बिनोद दाहाल पक्राउ परेका छन् ।

दाहालले नेपाल प्रहरीको प्रहरी निरीक्षक हुँ भन्दै लागू औषध कारोबारको मुद्दामा हिरासतमा रहेका अभियुक्तलाई छुटाइदिन्छु भनि विभिन्न व्यक्तिहरूसँग रकम ठगी गरेको आरोप छ । इलाका प्रहरी कार्यालय पकलीमा लागू औषध कारोबारको मुद्दामा हिरासतमा रहेका हेमन विश्वकर्मालाई छुटाइदिन्छु भन्दै उनले रकम ठगी गरेको खुलेको छ ।

सुनसरी प्रहरीका अनुसार विनोदले हेमनकी आमासँग आफू प्रहरी निरीक्षक भएको र भनेजति पैसा दिए उनलाई छुटाइदिने भन्दै ४० हजार रुपैयाँ ठगी गरेका थिए । उनीमाथि जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page