स्कुलमा हल्ला गरेको भन्दै भिमादमा मिसले बालकलाई तातो पनियाेले डामिन् !

स्कुलमा हल्ला गरेको भन्दै भिमादमा मिसले बालकलाई तातो पनियाेले डामिन् !


तनहुँकाे भिमाद स्थित शान्तिनगरमा रहेको प्रभात एकेडेमी बाेडिङ स्कुलकी एक मिसले बिद्यार्थीलाई तातो पनियाेले डामेकी छन् । प्रभात एकेडेमीका सञ्चालक कृष्णदेव श्रेष्ठकाे छाेरी बिद्यालयमै कार्यरत मिस सुष्मा श्रेष्ठले बच्चाहरुले हल्ला गरेको र त्यही बिचमा एकजना बच्चाले काली भन्दिएकाे भन्दै पनियाे तताएर डामेकाे घाइते वालककाे आमा विष्णु परियारले बताइन् ।

भर्खरै १० वर्ष पुगेको कक्षा ४ मा पढ्ने छाेरा प्रमिस परियार लगायत ४ जना लाई मिसले पनियाे तताएर डामेकाे उनलेे जानकारी दिइन् । छाेरालाइ त्यस्तो भएको थाहा पाएपछि अर्का बालक बेवीसकाे ममी बसन्ती र म स्कुलमा पुगेको उनलेे बताइन् । अहिले बच्चालाई नदुख्ने औषधी खुवाउने तथा मलम लगाउने गरेको समेत उनलेे जानकारी दिईन् । यता प्रमिसका हजुरबुबा अर्पान सिर्जन घलेले घाइते बच्चाहरूकाे फाेटाे सार्वजनिक गर्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेका छन् । उनलेे अगाडि लेखेका छन् –
हाम्रो बच्चाहरूको पहिलो पाठशाला घर हो भने दोस्रो पाठशाला बिद्यालय हो , आफ्नो मुटुका टुक्रा जस्तै साना साना बच्चाहरु लाई बाबा , पापा भन्ने तोते बोली बोल्ने बेला देखिनै मेरो बच्चाले छिट्टै पढला , राम्रो होला भनेर बिद्यालयमा आफ्नो गाँस काटेर यस्ता महंगो निजि स्कुलमा पढाउनु पर्ने हाम्रो रहर नभएर बाध्यता छ , रातभरि आफ्नो काखमा रहे पनि दिनभरि बच्चाहरु राम्रो कियर हुन्छ भनेर हामीले बोडिङ्ग स्कुलमा चर्को फि तिरेर भर्ना गरेका हुन्छौं , तर बिडम्वना हाम्रो भिमाद बजार क्षेत्रमा रहेको निकै नाम चलेको बोडिङ्ग स्कुल भिमाद शान्तिनगर मा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कुलका संन्चालक को परिवार बाट मेरो नाति बाबु लगायत अरु अन्य २/३ जना ती कलिला बच्चाहरु को गाला लगायतका शरिरका विभिन्न भागहरु मा यस्तो फलाम तताएर निर्मम ढंगबाट डाम्ने काम भएको छ । यस्तो जघन्य अपराधको जति भ्रत्सना गरे पनि कमि हुन्छ ।
हाम्रो भिमाद को जिम्मेवार ब्याक्तित्व , मिडियाकर्मि र प्रशासनको गम्भीर ध्यानाकर्षण भएको होस र निज दोषी माथि हदैसम्मको कारबाही भएको होस , यस्तो संबेदनसिल घटनालाई फोहोरी राजनीतिक घुसाएर थामथुम पर्ने काम नहोस..ता कि भोलि मेरो नाति बाबू जस्तैः अन्य अबिभावक का बच्चाहरु को कलिलो छाला माथि तातो पनियो नडामियोस …यो घटनालाई डर धम्की लोभ लालच देखाएर राजनीतिक पहुँच र पावर बाट थामथुम नगरियोस् …आवस्यकता परे अदालतको ढोका सम्म ढकढक्याउन जानेछौ । भनेर लेखेका छन् ।


बिषय बाहिर आएपछी बाेडिङका सञ्चालक र मिस घाइतेको घरमै आएर यस्तो भइहाल्यो ,अब जहाँ गएर उजुर हालेपनी आखिर सहमतिमै टुङ्याउने हाे , हामी उपचार गर्दिन्छम कतैपनी नभन्नुस , सामाजिक सञ्जालमा हालेको पनि हटाइदिनुस , मिलम भनेर गएको घाइते बच्चाको पारिवारिक श्राेतले बताएको छ ।


घटना सम्बन्धमा प्रभात एकेडेमीका सञ्चालक कृष्णदेव श्रेष्ठ सँग सम्पर्क गर्दा घटना सामान्य भएको भन्दै बच्चाहरूले हल्ला गर्ने , मुख छाेड्ने गरेको र तिमिहरू यसरी क्लास चलेको बेलामा हल्ला गर्ने , मिससँगै मुख खेलाउने गर्छौ भने तातोले डाम्दिन्छु भन्दा अलिकति तातोले भेटेको बताए । अरू तिनजना सामान्य रहेको र एकजनाकाे कालो दाग देखिएकाे समेत उनलेे जनाए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page