दमाैलीमा खुल्यो एयस वारिस्टा एण्ड वेकरी एकेडेमी

दमाैलीमा खुल्यो एयस वारिस्टा एण्ड वेकरी एकेडेमी


तनहुँकाे व्यास नगरपालिका वडा नं २ दमाैली स्थित भाेर्लेटार चाेक नजिकै ग्रिनसिटी टाेलमा एयस वारिस्टा एण्ड वेकरी एकेडेमी सञ्चालनमा आएकाे छ । कफीका पारखीहरूलाइ सुन्दर वातावरणमा कफी खान र कफी तथा बेकरीकाे बेसिक काेर्ष गर्न इच्छुकहरूकाे लागि ध्यानमा राखी उक्त एकेडेमी सञ्चालनमा आएकाे हाे ।

व्यास १ गल्वुवेशीका सुवास खड्काले सञ्चालनमा ल्याएको एकेडेमीमा एडभान्स वारिस्टा काेर्ष ,कुकिज , केक , एप्पलपाइ लगायतका ३० प्रकारका वेकरीका आइटमहरू सिकाइने छ ।
६ वर्ष दुबई , कतार लगायतका ठाउँमा काम गरेर धेरै अनुभव बाेटलेर आएका खड्काले करिब २० लाखकाे लागतमा उक्त पसल सञ्चालनमा ल्याएका हुन् । उनका अनुसार फागुन ८ गतेबाट औपचारीक रूपमा एकेडेमी सञ्चालनमा आउने छ ।


यस्तै युवा व्यवसायी खड्काले करिब ९ वर्ष अगाडि देखि नै व्यास २ मै रहेको मिर्लुङ मेडिकल लाइनमा द ग्याथेग हाउस नामकाे केक पसल सञ्चालनमा ल्याएका थिए । त्यहाँको सफलता पश्चात् उनलेे एकेडेमी समेत थपि सञ्चालनमा ल्याएका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page