काठमाडौंमा स्कुल बस दुर्घटना हुँदा दुई बिद्यार्थीकाे मृत्यु
काठमाडौंको शंखरापुर नगरपालिका–५ मा स्कुल बस दुर्घटना हुँदा दुईजनाकाे मृत्यु भएको छ ।

नगरकोट पिकनिक गएर आउँदै गरेको चाबहिलको एसएस एकेडेमीको स्कुल बस शंकरापुर नगरपालिका ५ कतिके भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

दुर्घटनामा परी दुई जना विद्यार्थीको मृत्यु भएको छ भने अन्य घाइतेहरूको उपचार भइरहेको छ। बसमा ३९ जना विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ।
























