जिल्ला प्रहरी कार्यालय कास्की द्वारा फरार १ सय ५३ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनामा १ सय ५३ जना फरार प्रतिवादीहरु पक्राउ गरेकाे छ ।
माघ १ गतेदेखी ३० गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलिले १ सय ५३ जना फरार प्रतिवादी पक्राउ गरेको हाे ।

अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका १ सय ५३ जना (पुरुष-१२५ जना, महिला- २८ जना) फरार प्रतिवादिहरुलाई पक्राउ गरीएकाे निमित्त सुचना अधिकारी अविनाश दिप जिसीले जानकारी दिए ।

उनिहरुबाट ५ वर्ष २ महिना १६ दिन कैद सजाय र रु.एक करोड बाउन्न लाख अड्चालिस हजार आठ सय छ्यासी रुपैंया) जरिवाना असुल गर्नको लागि अदालतमा उपस्थित गराईएको उनलेे बताए ।
























