अमेरिका पठाइदिन्छु भन्दै २१ लाख ठगी आराेपमा रमेश र विशाल काठमाडौं बाट पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै २१ लाख ठगी आराेपमा रमेश र विशाल काठमाडौं बाट पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आराेपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका-८ घर भई काठमाडौं -३२ बस्ने ३३ वर्षीय रमेशकुमार ठाकुर र धनुषा विदेह नगरपालिका-५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने २९ वर्षीय विशाल ठाकुर रहेका छन् । उनीहरूले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २१ लाख रूपैयाँ लिएर सम्पर्कविहीन भएको भन्ने उजुरी प्रहरीमा परेको थियो ।

सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं तीनकुनेबाट र विशाललाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page