अस्थाई प्रहरी पोष्ट नदिपुरमा महिला प्रहरीहरूले मात्रै सेवा दिने

अस्थाई प्रहरी पोष्ट नदिपुरमा महिला प्रहरीहरूले मात्रै सेवा दिने


पोखरा महानगरपालिका वडा नं. ३ स्थित रहेको अस्थायी प्रहरी पोष्ट नदिपुर कास्कीमा महिला प्रहरी कर्मचारीहरुले मात्र सेवा दिने भएका छन् ।
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेकाे प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाको अध्यक्षतामा आइतबार उक्त कार्यकाे शुभारम्भ भएको छ ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले महिला कर्मचारीहरुबाट विभिन्न कार्यालयहरुबाट सेवा दिँदा अनुशासित तथा उत्कृष्ट कार्य भई रहेको र यस अस्थायी प्रहरी पोष्टबाट समेत न्याय, समानता र सुरक्षा सम्बन्धी सेवामा सुधार ल्याउन, समाजमा शान्ति सुरक्षा, लैङ्गिक समानता प्रबर्धन गर्ने कार्यमा राम्रो सेवा प्रवाह हुने बताए । यस्तै प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले कास्की जिल्लामा महिला प्रहरी कर्मचारीबाट उत्कृष्ट कार्यहरु भईरहेको र महिला प्रहरी कर्मचारीहरुमा नेतृत्व विकास तथा क्षमता अभिवृद्धी गर्ने उद्देश्यले अस्थायी प्रहरी पोष्ट नदिपुरलाई महिला प्रहरी कर्मचारीहरुको कमाण्डमा सेवा शुभारम्भ गरी महिला सशक्तिकरण र सुरक्षाको क्षेत्रमा नयाँ अध्यायको थालनी भएको बताए ।
महिला तथा वालवालिका विरुद्ध हुने हिंसा, अपराधलाई न्यूनिकरण गर्न समेत अ.प्र.पोष्ट नदिपुरबाट उत्कृष्ट कार्य हुने विश्वास व्यक्त गर्दै निकट भविष्यमा समेत अन्यत्र स्थानबाट महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा प्रवाह गर्ने योजना रहेको बताएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सरला ढकालले स्वागत गरेकी थिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page