वीर अस्पतालकाे निमित्त निर्देशकमा डाक्टर गाैतम
वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी हाडजोर्नी विशेषज्ञ डा. समाज गौतमले पाएका छन् ।

निर्देशक डा. सन्तोष पौडेलको दुईवर्षे कार्यकाल आइतबारदेखि पूरा भएसँगै डा. गौतमले निमित्त निर्देशकको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी पाएका हुन् । तनहुँ दमाैलीका डा. गौतम हाल अस्पतालका सहायक निर्देशक रहेका छन् ।

























