फागुन ७ गतेदेखि दमाैलीमा हुने सांस्कृतिक महाेत्सवकाे तयारी अन्तिम चरणमा

फागुन ७ गतेदेखि दमाैलीमा हुने व्यास नगर बहुजातीय साँस्कृतिक महोत्सवकाे तयारी अन्तिम चरणमा पुगेको छ ।
व्यास नगर प्रज्ञा प्रतिष्ठानकाे आयाेजनामा फागुन ७ ,८ र ९ गते हुने साँस्कृतिक महोत्सवकाे तयारी अन्तिम चरणमा पुगेको हाे ।

व्यास नगरपालिका भित्रको कला , संस्कृति ,रितीरिवाज ,साहित्य लगायतका पक्ष जगेर्ना ,उत्थान र सम्बद्र्धन गर्ने उद्धेश्यले महाेत्सव आयाेजना गरिएको प्रतिष्ठानका सदस्य देबीबहादुर बस्नेतले बताए । बस्नेतका अनुसार दमाैली खुल्ला चाैरमा हुने कार्यक्रमका लागि स्टल बनाउने , मञ्च बनाउने लगायतको काम भइरहेकाे छ ।

प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपानेले फागुन ७ गते शोभा यात्रा पछि विविध साँस्कृतिक प्रस्तुतीहरु प्रदर्शन गरिने बताए । महोत्सवमा ललितकला, मूर्तिकला , चित्रकला प्रदर्शन गरिनुका साथै सहभागी जातीय समूहहरुलाई १० हजार रुपैयाँका दरले सहयोग प्रदान गरिने समेत न्याैपानेले जानकारी दिए । । त्यस्तै झाँकीमा सहभागी हुने समाज मध्येबाट प्रथम ,द्धितिय र तृतीय हुने टिमलाई क्रमसः १० हजार ,७ हजार र ५ हजार रुपैयाँ प्रदान गरिने छ ।
सांस्कृतिक महाेत्सव प्रचारप्रसार उपसमिति संयाेजक अञ्जना तिमिल्सिनाका अनुसार विभिन्न जातजातिबाट थुप्रै संख्यामा सम्पर्कमा आएकाे जानकारी दिइन् । महाेत्सवमा ३२ वटा संस्कृतिको प्रस्तुति रहने भन्दै तिमिल्सिनाले ६ वटा बिद्यालयले समेत आफ्नाे प्रस्तुति देखाउने बताइन् । यस्तै महाेत्सव सफल बनाउन समयसमयमा बैठक बसेकाे तथा प्रचारप्रसारलाइ व्यापक बनाइएकोले महाेत्सव भब्य रूपमा सफल हुने आयाेजकले बिश्वास लिएको उनले बताइन् ।
























